कपिलवस्तु – जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लाको महाराजगञ्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
शनिबार मन्दिरमा भजन गाउँदा तोडफोड भएको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबिच तनाव सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गर्दै सम्भावित झडपलाई रोक्न कुनै किसिमको भेला, सभा, जुलुस गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम शनिबार दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गरिएको जनाएको छ ।
आदेशको उल्लंघन गर्नेलाई नियनत्रणमा लिएर कानून बमोजिम कारबाही हुने समेत सूचनामा उल्लेख छ । सूचनामा पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौनासम्म निषेधाज्ञा जारी गरिएको छ ।





प्रतिक्रिया