बुटवल – कपिलवस्तुको कृष्णनगर नगरपालिकामा १ सब इन्जिनियरसहित थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मङ्गलवार १ बैङ्कका कर्मचारी, १ जना स्थानीय व्यापारी, १ जना शिक्षक र २ विद्यार्थीमा कोरोना देखिएपछि उनीहरुको सम्पर्कमा आएका कृष्णनगर नगरपालिकाका १ सय ३३ जनाको नमुना सङ्कलन गरी परीक्षण गर्दा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
बुधबार थपिनेमा नगरपालिकामा कार्यरत १ सब इन्जिनियर सहित २ कर्मचारी, १ स्वास्थ्यकर्मी, र २ जना नेपाल बैङ्क कृष्णनगरका कर्मचारी रहेका जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
जिल्लामा कुल ८११ सङ्क्रमित मध्ये ६३ जना उपचाररत रहेका छन् ।




प्रतिक्रिया