आज हाम्रो दिन नै थिएन : पारस खड्का


काठमाडौं – आगामी वर्ष अस्ट्रेलियामा हुने टि–ट्वान्टी विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरै रहेको छ ।

आज भएको एसिया फाइनलमा सिंगापुरसँग ८२ रनले पराजित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालका कप्तान पारस खड्काले सिंगापुर जितको हकदार रहेको बताएका छन् ।

कप्तान खड्काले सिंगापुर राम्रो प्रदर्शनका साथ ग्लोबल क्वालिफायरमा पुगेको बताए । उनले भने, “आज हाम्रो दिन नै थिएन । सिंगापुरले राम्रो प्रदर्शन गर्यो ।”

उनले विश्वकप खेल्ने सपना बोकेको टोलीले १ सय ९२ रनको लक्ष्य भेट्टाउन नसक्नु नै कमजोरी रहेको उल्लेख गरे ।

बलर सन्दीप लामिछानेले कुनै पनि कुरामा (बलिङ, फिल्डिङ र ब्याटिङ) सिंगापुरलाई रोक्न नसक्दा पराजित हुनुपरेकोे उनले स्वीकार गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement