२५ करोड रुपैयाँसहित पक्राउ परेका कुसाङ लामा कारागारबाट फरार भएको खुलासा

२५ करोड रुपैयाँसहित पक्राउ परेका कुसाङ लामा कारागारबाट फरार भएको खुलासा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुको टोखाबाट २५ करोड रुपैयाँसहित पक्राउ परेका कुसाङ लामा कारागारबाट फरार भएको खुलेको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका ट्रक चालक लामा जेन–जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते सुन्धारामा रहेको केन्द्रीय कारागारबाट भागेका थिए ।

त्यही कारागारबाट भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी पनि भागेका थिए । रायमाझीसहित अन्य कारागार फर्किएका छन् । तर, लामा भने एक महिना बितिसक्दा पनि कारागारा फर्किएका छैनन् ।

कारागार व्यवस्थापन विभागले आइतबार फरार कैदीहरुको सूची सार्वजनिक गरेको थियो । उक्त सूचीमा लामाको पनि नाम छ ।

४ चैत २०८१ मा टोखाबाट प्रहरीले उनले चलाएको ना ७ ख १६५२ नम्बरको ट्रकबाट युरो र डलर गरी २५ करोड रुपैयाँभन्दा बढी बरामद गरेको थियो । ट्रकका चालक लामा पनि पक्राउ परेका थिए ।

५००, २००, १०० दरका जम्मा १३ लाख ७५ हजार १५० यूरो र १०० र ५० दरका ३ लाख २० हजार ८५० डलर ९तत्कालीन प्रचलित मूल्यअनुसार २५ करोड १९ लाख २४ हजार ९५० नेपाली रुपैयाँ, ट्रक र भरिया लामा पक्राउ परेका थिए ।