१० हजार करार शिक्षक राख्ने सरकारको तयारी

१० हजार करार शिक्षक राख्ने सरकारको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विद्यालयमा खाली रहेका दरबन्दी पूर्ति गर्न सरकारले गृहकार्य अगाडि अढाएको छ। शिक्षा, विज्ञान र प्रविधि मन्त्री गिरिराजमणि पोखरेलल र शिक्षक महासंघका पदाधिकारीसँग भएको छलफलमा यस्तो अवधारणा अघि बढाएको छ।

शिक्षक सेवा आयोगको परीक्षामा अनुत्तीर्ण भएका शिक्षकलाई करारमा नियुक्ति गर्न नसक्ने भएपछि मन्त्रालयले आउँदो एक साताभित्र करार शिक्षक नियुक्ति गर्न ढोका खुला गर्ने तयारी गरेको छ।

शिक्षा ऐनमा फेल भएका शिक्षकले स्वतः अवकाश हुने भएपछि सरकारले तल्काल समस्या समाधान गर्न ती शिक्षकलाई पुनः नियुक्ति दिइने हल्ला चलेको छ। शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले अनुत्तीर्ण शिक्षकलाई पुनः करारमा नियुक्ति गर्नुभन्दा पनि छोटो अवधिका लािग नयाँ शिक्षक भर्ना उपयुक्त हुने धारणा राखे। यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।