ईलाम – जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ईलाम नगरपालिका-३ बस्ने २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देउमाई नगरपालिका-२ बस्ने ३१ वर्षीय मन्जित राईलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको हो ।
ती महिलालाई सोमबार दिउसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रक्सेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया