काठमाण्डु – कर्णाली प्रदेश सरकारको मन्त्री बन्न लागेका गैरसांसद छिरिङ दमदोल लामा(कार्चेन) लाई मन्त्री बनाउने विषयले माओवादीभित्र खैलाबैला मच्चिएको छ । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको जोडबलमा मन्त्री बनाइन लागेको हो ।
कार्चेन मूर्ति चोरीको मुद्दामा जेल सजाय भोगेका नेता हुन । यद्यपी उनले कांग्रेसले आफुलाई षडयन्त्र गरेर फसाएको दाबी गरेका छन् ।
माओवादी केन्द्रबाट आइतबार कार्चेनसहित जाजरकोटका सांसद गणेश बहादुर सिंहले मन्त्रीको सपथ लिंदैछन् । कार्चेनलाई ६ महिनाका लागी मन्त्री बनाउने तयारी माओवादी नेतृत्वको छ । त्यसमा माओवादीकै सांसदहरु ठम्मर विष्ट, कृष्णा शाहलगायत असन्तुष्ट छन् ।
लामाले आफ्नो विरोध दुई चार जनाले गरेको भएपनि हुम्ली जनताको मागलाई अध्यक्ष प्रचण्डले सम्बोधन गरेको दावी गरे ।
उनले आफुलाई प्रचण्डले मन्त्रीको लागी सिफारीस गरेको भन्दै यसमा विरोध गर्नुको कुनै तुक नभएको बताए । लामाले ६ महिना गैरसांसद मन्त्री हुन पाउने व्यवस्थाअनुसार आफु मन्त्री बन्न लागेको दावी गरे ।




प्रतिक्रिया