काठमाण्डु – मानव स्वास्थ्यका लागि निकै लाभदायिक तरकारीका रुपमा चिनिन्छ करेला । खादा जति तितो स्वाद उतिनै फाइदाजनक रहेको छ करेला ।
यसले धेरै रोगसँग लड्ने शक्ति दिन्छ । करेलामा भिटामिन सी, एन्टिअक्सिडेन्ट, भिटामिन ए, बिटा क्यारोटिन जस्ता तत्व वभिन्न अंगका लागि फाइदामूलक रहेका छन् । यी तत्वले छालालाई स्वस्थ राख्न मद्दत गर्छ । करेलामा पाइने तितो र अल्कालोइड्सले रगत शुद्ध गर्ने काम गर्छ ।
भिटामिन सी र एन्टिअक्सिडेन्टले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढ्छ, संक्रमणको जोखिम पनि कम हुन्छ ।
यस्तै करेलामा पाइने भिटामिन ए र बिटा क्यारोटिन आँखाका लागि निकै फाइदाजनक हुन्छ, यसलाई नियमित रूपमा पिउनाले आँखाको ज्योति बढ्छ भने करेलाको सेवनले मधुमेह नियन्त्रणमा रहन्छ । यसको सेवनले शरीरमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसले मधुमेहका लक्षणहरूलाई कम गर्छ, यसले शरीरमा इन्सुलिन सक्रिय बनाउँछ ।
करेलालाई गर्मी याममा खानु लाभदायक मानिन्छ । पक्षघातका बिरामी, बाथ रोग, बान्ता, हैजा, दम, कलेजोसम्बन्धी समस्या भएकाहरुलाई पनि करेला रामबाण मानिन्छ ।
तर करेलाले जति फाइदा छन् खान नजान्दा उतिनै बेफाइदा गर्न सक्छ । केही यस्ता चिजहरु छन् तिनिहरुसँगै करेलाको सेवन गर्नु विष खाए सरह मानिन्छ । खास गरि करेलासँग यी ५ खानेकुरा खान वर्जित गरिएको छ ।
१) मूला– करेलाको प्रभावभन्दा मूलाको प्रभाव फरक हुन्छ । त्यसैले करेला खाएपछि मूला वा मूलाबाट बनेको चीज कहिल्यै पनि नखानुहोस्। मूला र करेला सँगसँगै खाँदा कफ र घाँटीमा एसिडिटीको समस्या निम्त्याउँछ ।
२) दही– करेलाको तरकारी वा जुस खाएपछि दही खानु हुँदैन । करेला र दही सँगै खाँदा छालामा समस्या आउन सक्छ । यसको प्रयोगले छालामा विभिन्न प्रकारका खटिरा आउने सम्भावना हुन्छ ।
३) आँप– गर्मी मौसममा करेलाको तरकारी वा पछि आँप खाँदा फाइदाको सट्टा हानिकारक हुन्छ । करेला पचाउन समय लाग्छ भने आँप पनि ढिलो पच्ने गर्छ । यस्तो अवस्थामा करेला र आँप सँगै खाँदा बान्ता हुने, पोल्न, वाकवाकी लाग्ने र एसिडिटी हुने समस्या हुन्छ।
४) भिण्डी– भिण्डी र करेलाको तरकारी पनि सँगै खानु हुँदैन । करेला र भिंडी दुवै एकसाथ सेवन गर्दा अपचको समस्या हुन्छ । करेलासँग भिण्डी पचाउन समस्या हुने गर्दछ।
५) दूध–करेला र दूध एकसाथ खाने सोचमा हुनुहुन्छ भने यसको उल्टो असर पर्न सक्छ । करेला खाएपछि दुध कहिल्यै पिउनु हुँदैन । यसले पेटको समस्या निम्त्याउन सक्छ। करेलापछि दुध खाँदा कब्जियत, दुखाइ र पेट छाती पोल्ने समस्या हुन्छ ।
प्रतिक्रिया