आज विश्वासको मत लिँदै मुख्यमन्त्री शाही

आज विश्वासको मत लिँदै मुख्यमन्त्री शाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै छन् । गत कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले आज दिउँसो एक बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

मंगलबारको प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पार्टीको महाधिवेशनका कारण उपस्थित हुन नसकेपछि शाहीले आज विश्वासको मत लिन लागेका हुन् । शाहीले हिजो प्रस्ताव मात्र पेस गरेका थिए ।

कानुनअनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । शाही नियुक्त भएको आज २९ दिन भइसकेको छ ।