शुक्रबार बिहानदेखि ललितपुरमा कर्फ्यू,आदेश उल्लंघन भए गोली हान्ने

शुक्रबार बिहानदेखि ललितपुरमा कर्फ्यू,आदेश उल्लंघन भए गोली हान्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरमा चक्रपथ क्षेत्रभित्र शुक्रबारका लागि कर्फ्यु आदेश जारी भएकोे छ । पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञा उलंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो ।

रथयात्रालाई लिएर बिहीबार पुल्चोकमा  दिनभर तनाव भएपछि महानगरपालिका चक्रपथभित्र कर्फ्यु आदेश जारी गरिएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुरले बताए।

ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो । कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र भेला हुन, जुलुश गर्ने जस्ता कार्य गर्न निषेध गरिएको छ भने यदि सोको अवज्ञा गरी कोही घरबाहिर निस्केमा सुरक्षाकर्मीले गोलीसमेत हान्न सक्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जारी गरेको सूचनामा उल्लेख छ ।