काभ्रे– काभ्रेपलाञ्चोकको पनौतीमा लगाइएको कर्फ्यू राति ८ बजेदेखि हटेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले स्थिति नियन्त्रणमा आएपछि कर्फ्यू हटाएको हो ।
टिपर चालकविरुद्ध किटानी जोहरी दर्ता भएपछि स्थिति नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । किटानी जाहेरी दर्ता भएपछि स्थानीयको आक्रोश साम्य भएको छ ।
टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएपछि सोमबार राति पनौतीमा स्थानीय र प्रहरीबीच झडप भएको थियो । त्यसक्रममा पाँच जना प्रहरी र तीन जना सर्वसाधारण घाइते भएका थिए ।
मंगलबार बिहानैबाट प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो ।




प्रतिक्रिया