विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले विपक्षी दललाई पठाए पत्र

विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले विपक्षी दललाई पठाए पत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत माग्दै विपक्षी दललाई पत्र पठाएका छन्। आज बस्ने बैठकमा विश्वासको मत लिन लागेका मुख्यमन्त्री कार्कीले प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रतिपक्षी दललाई आफुलाई मत दिन लिखित पत्र पठाएका हुन्।

विश्वासको मत लिनुअघि माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले आज दिउसो १ बजे बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिने कार्यसूची छ।

एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्की माओवादी केन्द्र, राप्रपा र जनता समाजवादीको समर्थनमा २४ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। ९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३ (सभामुखसहित), राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।