विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री कार्की


काठमाण्डु- कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेलाई बोलाइएको छ । असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको हो ।

प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै कात्तिक १ गते बुधवार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको छ । सोही बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने सम्भावना छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको जनाइएको छ ।

कांग्रेसबाट विद्रोह गरेका ८ सांसद र एमालेको ३९ सांसदको समर्थनमा कार्की शनिवार मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement