कोशीका मुख्यमन्त्रीले सोमवार विश्वासको मत लिदैँ, कांग्रेसले बहिस्कार गर्ने

कोशीका मुख्यमन्त्रीले सोमवार विश्वासको मत लिदैँ, कांग्रेसले बहिस्कार गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमवार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराइसकेका छन् ।

२७ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोही दिन मन्त्रिपरिषद् बैठक राखेर प्रदेशसभाको बर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गराएका थिए ।

सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले सोमबार बिहान ११ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।सोमबारको बैठकबाटै विश्वासको मत लिने तयारी मुख्यमन्त्री कार्कीले गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठक भने नेपाली कांग्रेसले बहिस्कार गर्ने तयारी गरेको छ । मुख्यमन्त्री नियुक्ति प्रक्रियाको विरुद्ध परेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन हतार गरेको भन्दै कांग्रेसले बहिस्कार गर्ने बताएको हो ।