काठमाण्डु – विजयादशमीको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका सहिद परिवारसँग भेटघाट गरेकी छन् ।
बिहीबार दिउँसो प्रधानमन्त्री कार्कीले बागलुङ घर भएका सहिद सौरन किशोर श्रेष्ठको परिवारसँग काठमाण्डुको वनस्थलीमा भेटघाट गरेकी छन् ।
त्यसपछि उनले नागार्जुन–३ पुगेर सहिद कान्छी नगरकोटीका परिवारसँग र कीर्तिपुरस्थित मैत्रीनगरमा सहिद बुद्धिबहादुर तामाङको परिवारसँग भेट गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि थिए । भेटपश्चात् मन्त्री खरेलले भने, ‘प्रधानमन्त्रीले विजया दशमीमा टीका लगाउनुभएन, मैले मात्र टीका लगाएँ । भेटघाटको क्रममा सहिद परिवारले न्यायको माग प्रकट गरे, उनीहरूको चाहना छ कि जेनजी आन्दोलनका मृतक र सहिदको बलिदानको न्याय सुनिश्चित होस् ।’
भेटघाटले सहिद परिवारको अनुभूति बुझ्ने र मागलाई सम्बोधन गर्ने वातावरण मिल्ने जनाइएको छ ।





प्रतिक्रिया