काठमाण्डु- विभिन्न मुलुकका जेलमा रहेका नेपालीको उद्दारका लागि संसदमार्फत् सरकारको ध्यानाकर्षण गराइएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न मुलुकमा पुगेका नेपाली कामदारलाई सहज रुपमा काम गर्ने वातावरण निर्माण र उनीहरुको सुरक्षाका लागि सरकारले पहल गर्नुपर्ने बताएका हुन्।
“हाम्रो मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुको महत्वपूर्ण योगदान छ । गतवर्ष नेपालले करिब रु १० खर्ब सात अर्ब रेमिट्यान्स भित्र्याएको छ । तर वैदेशिक रोजगारीमा गएका एक हजारभन्दा बढी नेपाली अहिले विभिन्न देशका जेलमा छन्,” सांसद कार्कीले भने, “उनीहरुको रिहाइ, उद्दार, सुरक्षा र सहज रुपमा स्वदेश फर्किन वातावरणका निमित्त सरकारको ध्यान गम्भीर रुपले आकृष्ट गर्न चाहन्छु ।”




प्रतिक्रिया