मन्त्री कार्की कांग्रेस केन्द्रीय सदस्यमा पराजित

मन्त्री कार्की कांग्रेस केन्द्रीय सदस्यमा पराजित


काठमाडौं — प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका छन् । कार्की शेखर कोइराला समूहबाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । उनले १६४४ मत पाएका छन् ।

कांग्रेसको प्रदेशसभामा प्रमुख सचेतक समेत रहेका उनि ३७ औं नम्बरमा परेका हुन । खुलामा ३५ जना निर्वाचित भएका थिए ।

उनिभन्दा अगाडी रहेका मनोजमणी आचार्यले पनि चुनाव हारेका छन् । तर गुण्डा नाइके गणेश लामाले भने ३० औं नम्बरमा चुनाव जितेका छन् । लामाले १७८२ मत ल्याए । मन्त्री कार्की ६४ मतले पराजित भएका छन् ।