११२ मतान्तरले एमालेका जगदिशलाई हराउँदै सञ्चारमन्त्री कार्की विजयी


काठमाण्डु- सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका नेता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । कार्कीले निकटतम् प्रतिस्पर्धी एमालेका जगदिश प्रसाद कुसियैतलाई ११२ मतको अन्तरले पराजित गर्दै संसद छिर्न सफल भएका हुन् ।

मत परिणाम अनुसार मन्त्री कार्कीले ३० हजार ४८३ मत पाउँदै विजयी हुँदा कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका छन् । कार्की २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement