गत वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार, यो वर्ष ६० हजार घूससहित पक्राउ


काठमाडौं – कञ्चनपुरको बेलौरी नगरको प्रथम नगरसभाको उद्घाटन सत्रमा बेलौरी नगरपालिकाको योजना शाखा प्रमुख हृदयराज बजगाईंले उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरिएको थियो ।

न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा बेलौरी नगरपालिकालाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै योजना शाखा प्रमुख इन्जिनियर बजागाईंलाई सम्मानपत्र र दोसल्लासहित सम्मानित गरिएको थियो ।

तर उक्त सम्मान पाएको एक वर्षमै उनी ६० हजार घुससहित रंगेहात पक्राउ परेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिकाका सबइन्जिनियर बजगाईंलाई ६० हजार घूससहित रंगेहात अख्तियारले पक्राउ गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement