कर्मचारी भर्नाबारे चाँडै निर्णय गर्छौंः लोकसेवा

कर्मचारी भर्नाबारे चाँडै निर्णय गर्छौंः लोकसेवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – स्थानीय तहका कर्मचारी भर्ना गर्न खुलाएको विज्ञापनबारे छिट्टै निर्णय गर्ने लोक सेवा आयोगले बताएको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहका लागि लोकसेवा आयोगले सुरु गरेको कर्मचारी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएपछि भर्ना प्रक्रिया के हुने भन्ने अन्योल बढ्दै गर्दा लोक सेवा आयोगले यसबारेमा चाँडै नै निर्णय गर्ने जानकारी दिएको हो ।

समितिको निर्देशन आयोगमा अझै आइनपुगेको र समितिको पत्र आएपछि यसबारेमा छलफल गरेर छिट्टै निर्णय गरिने आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

आयोगले परीक्षाका लागि प्रश्न बनाउनको लागि विज्ञसँग मागेको प्रश्न संकलन गरिसकेको तथा मेसिनले पढ्न सक्ने कपी पनि अर्डर गरिसकेकाले लाखौं रुपैयाँ खर्च भैसकेको जनाएको छ ।

विज्ञापन रद्द भए फारम भरेका आवेदकसँग लिएको दस्तुर फिर्ता हुने सूचना अधिकारी सुवेदीले बताए । तर आफूहरुले धेरै समयदेखि तयारी गरेको भन्दै विज्ञापनमा हस्तक्षप नगर्न माग गर्दै लोकसेवाको तयारी गरिरहेकाहरुले काठमाडौको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

लोकसेवा आयोगले गएको १५ गते ९ हजार भन्दा बढी पदमा विज्ञापन खुलाएको थियो ।