काठमाडौं – सरकारले प्रशासनिक खर्च कटौती गर्ने निर्णय गरेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि प्रशासनिक खर्च कटौती गरेको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
बिहीबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७ ०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले कार्यालय सञ्चालन, इन्धन, मर्मत, वैदेशिक भ्रमण, सवारी साधन खरिद र मर्मत लगायत खर्चमा बजेट कटौती गरेको जानकारी दिए ।
उनले कोरोनाको उपचार र रोकथाममा खटिने चिकित्सक, स्वास्थ्यकर्मी बाहेकका राष्ट्रसेवकलाई दिइने प्रोत्साहन, जोखिम, अतिरिक्त समय भत्ता, खाना, खाना भत्ता खारेज हुने बताएका छन् ।
त्यसैगरी सरकारले अत्यावश्यक सेवा दिने कार्यालयबाहेकका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्तिसमेत रोक्का गरेको छ ।




प्रतिक्रिया