कर्मचारी समायोजनले लोकसेवा प्रभावित

कर्मचारी समायोजनले लोकसेवा प्रभावित


काठमाडौं – सरकारले गर्ने कर्मचारी समायोजनका कारण लोकसेवा आयोगको कार्यतालिका प्रभावित बनेको छ। सरकारको आग्रहमा पहिलो पटक लोकसेवाले २ महिनाका लागि कार्यतालिका सारेको थियो।

दुई महिना सारेर मंसिर २६ मा आयोगले न्याय सेवा, संसद् सेवा र लेखापरिक्षणको मात्रै अधिकृत स्तरको विज्ञापन आह्वान गरेको थियो। सबै भन्दा धेरै कर्मचारी माग हुने प्रशासन सेवा र स्वास्थ्य सेवाबाट रिक्त, दरबन्दीको माग नै नआएपछि अधिकृतदेखि सहसचिवसम्मको सेवाको विज्ञापन आह्वान नभएको आयोगका उपसचिव एवं सूचना अधिकारी देविप्रसाद सुवेदीले बताएको छ।

समायोजनका कारण प्रशासन सेवा र स्वास्थ्य सेवाको अधिकृतको विज्ञापन आह्वानमा असर परेको छ। नायब सुब्बाको विज्ञापनमा पनि प्रभाव पर्ने भएको छ। यो खबर अन्नपूर्णपोष्ट दैनिकमा छ ।