काठमाण्डु – सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी सबै मुद्धाको सुनुवाइ स्थगित गरेको छ । सर्वोच्चले बिहीबारका लागि पेशी तोकिएको कर्मचारी समायोजनसँग जोडिएका २१ वटा रिट निवेदनहरुकाे सुनुवाइ स्थगित गरेको हो ।
आफूहरुलाई सरकारले गलत ढंगले समायोजन गरेको भन्दै कर्मचारीहरुले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट निवेदनमा सर्वोच्च अदालतले उनीहरुलाई संघमा नै राख्नू भनी अन्तरिम आदेश दिएपछि नयाँ कर्मचारी पदपूर्ति प्रक्रिया अवरुद्ध भएको छ ।
पुराना कर्मचारीको समायोजनले आफूहरुको सेवा प्रवेश गर्ने अवसर अवरुद्ध भएको भनी परीक्षा दिएका कर्मचारीले समेत सर्वोच्च अदालतमा मुद्दा हालेका छन् । ती सबै निवेदनको एकमुष्ट सुनुवाइ हुनुपर्ने भन्दै तीन सदस्यीय पूर्ण इजलासमा पेश गर्न सर्वोच्चले आदेश दिएको थियो ।




प्रतिक्रिया