डडेल्धुरामा देउवाले पैसा बाँड्न सुरु गरेको कर्ण मल्लको खुलासा 

डडेल्धुरामा देउवाले पैसा बाँड्न सुरु गरेको कर्ण मल्लको खुलासा 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल डडेलधुराबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ चुनावी मैदानमा होमिने भएका छन् ।

मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत अब डडेल्धुरामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग मल्लको भिडन्त हुने भएको हो ।

नेपाली कांग्रेसमा रहेर निरन्तर चुनावमा देउवालाई सहयोग गर्दै आएका मल्ल यसवर्ष भने देउवाविरुद्ध चुनावी मैदानमा उत्रिएका छन् । डडेल्धुरामा देउवाविरुद्ध चुनाव जित्न नेकपा एमालेले कर्ण मल्ललाई समर्थन गर्ने भएको छ ।

यसैबीच मल्लले डडेल्धुरामा देउवाले पैसा बाँड्न सुरु गरेको बताएका छन् ।  तर, उनले डडेल्धुरामा देउवाले पैसा बाँडेपनि भोट भने मतदाताले आफूलाई दिने काठमाण्डुपाटीलाई बताए ।

काठमाण्डुपाटीको कुराकानीमा मल्लले भने, ‘ डडेल्धुराका ९२ हजार मतदाताले अब परिवर्तनको लागि मलाई जिताउनेमा ढुक्क छु । अहिलेसम्म जुन मान्छेलाई भोट दियो । त्यस मान्छेबाट यहाँका जनताले अपमानित हुनुपर्यो । अब त्यो दिन आउने छैन्। अर्को कुरा यहाँ पैसा वितरण गर्न सुरु भइसकेको छ । तर, यसवर्ष यहाँका जनताहरूले त्यो पैसा खाएर भोट भने पैसा दिने मान्छेलाई हाल्दैनन् भन्नेमा ढुक्क छु ।’

त्यसैगरी मल्लले मंसिर ४ गते डडेल्धुराबाट देउवा पराजित हुने पनि दावी गरेका छन् ।