स्टार्टअप कार्यक्रममा उद्योगमन्त्री भण्डारीले पैसा खाए : एमाले नेता थापा (भिडियोसहित)

स्टार्टअप कार्यक्रममा उद्योगमन्त्री भण्डारीले पैसा खाए : एमाले नेता थापा (भिडियोसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिमका नेता कर्णबहादुर थापाले सरकारले सुरु गरेको युवा स्वरोजगार कार्यक्रम स्टार्टअपमा मन्त्रीले पैसा खाएको आरोप लगाएका छन् ।

बाजुराको बुढीगंगामा आयोजित कार्यक्रममा उद्योग तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको नामै तोकर पैसा खाएको आरोप थापाले लगाएका हुन् । उनले भने, ‘स्टार्टअप कार्यक्रममा मन्त्रीले पैसा आएको सुनिएको छ । यदि हो भने त्यसको जिम्मा मन्त्रीले नै लिनुपर्छ ।’

मन्त्रीलाई सरकारमा काम गर्न पठाएको हो भन्दै नेता थापाले मन्त्रीले पैसा खान्छ भने त्यसको जिम्मा उनले नै लिनुपर्ने बताए । ‘स्टार्टअप कार्यक्रममा हाम्रै मन्त्री छन्, उनले पैसा लिएका छन् रे’, थापाले भने, ‘उद्योग सुरु गर्न स्टार्टअप कार्यक्रम राज्यले सुरु गरेको हो, व्यक्तिले होइन, त्यहाँ दुरुपयोग भएको भने मन्त्री भण्डारीले जिम्मा लिनुपर्छ ।’

स्टार्टअप कार्यक्रमका लागि सरकारले सहुलियतपूर्ण ब्याजदरमा उद्यमीलाई न्यूनतम ५ लाखदेखि अधिकतम २५ लाख रुपैयासम्म कर्जा दिने गरेको छ ।

सुदूरपश्चिममा अधिकांश एमाले कार्यकर्ताले नै स्टार्टअप कार्यक्रममार्फत कर्जा पाएको जनाइएको छ ।