कर्णालीमा ८ सदस्यीय बन्यो प्रदेश सरकार, नवनियुक्त मन्त्रीद्वारा शपथ

कर्णालीमा ८ सदस्यीय बन्यो प्रदेश सरकार, नवनियुक्त मन्त्रीद्वारा शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेश सरकारले ८ सदस्यीय बनेको छ ।

मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारका नवनियुक्त मन्त्रीले मंगलबार शपथ लिएपछि प्रदेश सरकारले पूर्णता पाएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मंगलबार मुख्यमन्त्री कँडेलले मन्त्रिपरिषद् विस्तार गर्दै पूर्णता दिएका छन् ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा रूकुम पश्चिमका महेन्द्र केसी, भूमि व्यवस्था, कृषि सहकारी मन्त्रीमा दैलेखका विनोद शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कालिकोटका दुर्गबहादुर रावत, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा डोल्पाका शेरबहादुर बुढा, जलस्रोत तथा उर्जा विकास मन्त्रीमा हुम्लाका रनसिंह परियार, सामाजिक विकास मन्त्रीमा डोल्पाका वीरबहादुर शाही र भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्रीमा मन्त्रीमा दैलेखका गौमता विक नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराएका छन् ।