कर्णाली प्रदेशको बजेटः कोरोनाबाट मृत्यु भए १ लाख राहत, नयाँ गाडी नकिन्ने (पूर्णपाठसहित)


सुर्खेत – कर्णाली प्रदेश सरकारले ३३ अर्ब ७४ करोडको बजेट ल्याएको छ ।

सोमबार आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ र वित्तीय हस्तान्तरणतर्फ ९ प्रतिशत विजियोजन गरिएको जानकारी दिए ।

त्यस्तै बजेटले सबै किसिमका भत्ता खारेज गरेको छ । त्यस्तै बजेट सार्वजनिक गर्दे मन्त्री ज्वालाले नयाँ संरचना स्थापना नगर्ने, एम्बुलेन्स वाहेकका सवारी साधन खरिद नगर्ने लगायत मन्त्री, राजनीतिक पदाधिकारी तथा कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक भत्ता, खाजा खर्च र जोखिम भत्ता खारेज गरेको जानकारी दिए ।

यो बजेट गत वर्षभन्दा करिव ५० करोड कम हो । बजेटमा आगामी आर्थिक वर्ष करिव ६ प्रतिशत आर्थिक बृद्धिद्धर हासिल गर्ने लक्ष्य छ ।

उनले शिक्षा, स्वास्थ्य, सामािजक सुरक्षा र जिवनस्तर सुधारका कार्यक्रममा संघीयताको मर्मअनुसार स्थानीय तहसँग नियमित सहकार्य गरिएको बताए ।

त्यस्तै मन्त्री ज्वालाले कोरोना भाइरसबाट मृत्यु हुनेको परिवारलाई एक लाख रुपैयाँ राहत दिने बताएका छन् । मन्त्री ज्वालाले एक अर्ब पचास करोड ५८ लाखको कोरोना कोष परिचालन गरिने बताए । स्वयंसेविकालाई दिइरहेको प्रोत्साहन भत्ता नियमित गरिएको छ । प्रोत्साहन भत्ताको लागि चार करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement