एमालेद्धारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

एमालेद्धारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – नेकपा एमालेले कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा सोमबार सदन शुरू हुनासाथ नेकपा एमालेका सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।

एमाले संसदीय दलका नेता यामलाल कँडेलले नैतिक पतन भएको अभियोग लागेका भौतिक पूर्वाधार विकास मन्त्री अम्मर थापालाई तत्काल बर्खास्त माग गरेका थिए । एमालेले सदन अवरुद्ध गरेपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि सदन स्थगित गरेका छन् ।