सुर्खेत – कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । बुधबार बसेको आठौं अधिवेशनको दोस्रो बैठकमा प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण बैठक स्थगित भएको हो ।
बैठक अघि बढाउनका लागि सभामुख राजबहादुर शाहीले पटक–पटक आग्रह गरे पनि एमालेका सांसदले उठेर अवरोध जारी जनाएपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
त्यसअघि बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले कर्णाली संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्री महेन्द्रबहादुर शाही बैठकमा सहभागी नभएको भन्दै आलोचना गरेका थिए ।
एमालेले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अमरबहादुर थापालाई बर्खास्त गर्न माग राखेर बैठक अवरुद्ध गर्दै आएको छ ।




प्रतिक्रिया