कर्णाली प्रदेश सरकारले अन्नबाली क्षति भएका किसानलाई राहत दिने

कर्णाली प्रदेश सरकारले अन्नबाली क्षति भएका किसानलाई राहत दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारले लगातार परेको भारी वर्षाका कारण अन्नबालीमा क्षति भएका किसानलाई राहत दिने निर्णय गरेको छ । शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले अन्नबालीमा क्षति पुगेका किसानलाई राहत दिने निर्णय गरेको हो ।

उक्त अन्नबालीमा भएको क्षतिको एकिन विवरण संकलन कृषकहरूलाई क्षतिपूर्तिको व्यवस्था गर्ने निर्णय भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार बाढीपहिरोलगायतको विपदमा परी निधन भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले गरेको सामूहिक विपद दुर्घटना बीमाबाट प्राप्त हुने दुई लाख रुपैयाँ तत्काल उपलब्ध गराउने र विपदमा परी घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने छ ।

त्यस्तै, विपदका कारण अवरुद्ध भएका सडक, पुल, खानेपानी, सिंचाइ र विद्युत पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सुचारु गर्ने र पूर्णरूपमा क्षति भएका घरहरूको विवरण संकलन गरी संघीय र स्थानीय सरकारसँग समन्वय गरी पुनर्निर्माण तथा पुनस्स्थापना सरकारले गर्नेछ ।