काठमाण्डु – कर्णाली प्रदेश सरकारका तीन मन्त्री आज आजदेखि स्वतः पदमुक्त हुँदैछन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारबाट नेकपा एकीकृत समाजवादीका तीन मन्त्री आज सोमबारबाट पदमुक्त हुन लागेका हुन ।
जसमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अमरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पदावधि आज सोमबार देखि समाप्त हुँदैछ ।
रिक्त हुन लागेको उक्त मन्त्रालयमा सोही पार्टीकै तीन मन्त्रीलाई पठाउने निर्णय भएको छ । एकीकृत समाजवादीको प्रदेश स्तरीय कार्यसमितिको बैठकले पार्टीकै तीन जनालाई मन्त्रालयको जिम्मा दिने निर्णय गरेको एकीकृत समाजवादीकी सांसद देवी वलीले जानकारी दिइन् ।
सोमबार स्वतः पदमुक्त हुने उनीहरुको ठाउँमा तीन सांसदहरु देवी ओली, पदमबहादुर रोकाया र चन्द्रबहादुर शाही आकाक्षी देखिएका छन् । यसको लागि गठबन्धनले निर्णय गरेपछि कसले कुन मन्त्रालय सम्हाल्ने भन्ने विषयमा टुंगो लाग्ने उनले बताइन् । यद्यपि अहिले मन्त्रीका आकाक्षींहरुले गठबन्धनको निर्णय कुरेका छन् ।




प्रतिक्रिया