कर्णाली प्रदेशसभाको बैठकमा एमालेको अवरोध, यस्तो छ माग

कर्णाली प्रदेशसभाको बैठकमा एमालेको अवरोध, यस्तो छ माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कार्णाली प्रदेशसभाको सोमबारको बैठक पनि नेकपा एमालेले अवरोध गरेको छ । गत माघ १८ गतेको सात बुँदे सहमतिप्रति सरकारले लिखित धारणा दिनुपर्ने भन्दै नेकपा एमालेले आजको बैठक अवरोध गरेको हो । एमाले संसदीय दलका नेता यामलाल कंडेलले आफूहरुले उक्त विषयमा सरकारको ध्यानाकर्षण गराए पनि सरकारले चासो देखाएको छैन् ।

‘हिजोको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारको ध्यानाकर्षण गराएको थियौं । विगतका वैठकमा पनि यी विषयमा सरकारको ध्यानाकर्षण गराएका थियौं । सरकारले उक्त सहमति कार्यान्वयनका बारेमा संसद सचिवालयमा केही पनि जानकारी गराएको देखिएन ।’ उनले भने । सहमति भएका प्रतिबद्धताको लिखित जवाफ नआएसम्म अवरोध जारी राख्ने उनको भनाइ छ ।