एमाले कर्णाली अधिवेशनको मतगणना सुरु


काठमाण्डु- नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना सुरु भएको छ । बिहान ८ बजेदेखि मतगणना हुने भनिए पनि केही घण्टा ढिलोगरी मतगणना गर्न थालिएको हो ।

एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न असफल भएपछि आइतबार मतदान भएको थियो । कुल ६१६ मतदाता मध्ये ६०९ मतदाताले मतदान गरेकाे जनाइएकाे छ ।

कालीकोटका मीनबहादुर शाही, प्रकाश रोकाया र सल्यानका गुलावजंग शाह अध्यक्षको उम्मेदवार छन् । उपाध्यक्षमा लालबहादुर महतारा, दानसिंह परियार र टेकराज पछाइ तथा सचिवमा रुद्रबहादुर शाही र ध्रुबकुमार शाहीबीच प्रतिस्पर्धा भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement