दिनभर माओवादी-एमालेबीच छलफल भएपनि जुटेन सहमति, मुख्यमन्त्रीले विश्वासको मत लिने

दिनभर माओवादी-एमालेबीच छलफल भएपनि जुटेन सहमति, मुख्यमन्त्रीले विश्वासको मत लिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले तत्काल राजीनामा नदिने भएका छन् ।

माओवादी केन्द्रको मंगलवार बसेको संसदीय दलको बैठकले बुधवार मुख्यमन्त्री शर्माले विश्वासको मत लिएर राजीनामा दिनुपर्ने निर्णय गरेको हो ।

केन्द्रमा कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमतिप्रति प्रदेशको माओवादी नेतृत्व असन्तुष्ट देखिएको छ । मंगलबार दिनभर माओवादी र एमालेबीच पटक पटक छलफल भएपनि सहमति हुन नसकेपछि बुधवार ३ बजेसम्मका लागि प्रदेश सभाको बैठक सारिएको छ ।