कर्णालीमा माओवादीका परियार मन्त्री बन्दै

कर्णालीमा माओवादीका परियार मन्त्री बन्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई मन्त्री बनाउदै छन् । विहिबार विश्वासको मत लिने तयारी गरिरहेका मुख्यमन्त्री कँडेलले त्यसअघि आज एक जना मन्त्री नियुक्त गर्ने भएका हुन् ।

माओवादी केन्द्रले परियारलाई मन्त्रीमा सिफारिस गरेपछि आज उनी मन्त्रीमा नियुक्त हुने भएका हुन् । उनलाई अहिले बिना विभागीय मन्त्री बनाइने भएको छ ।

चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता कँडेलले गठबन्धनमा रहेका दलहरुबीच सहमति जुट्न नसक्दा अहिलेसम्म सरकार गठन समेत नसक्दा उनको आलोचना भइरहेको छ ।