कर्णालीमा डुंगा पल्टियो, दुई बेपत्ता

कर्णालीमा डुंगा पल्टियो, दुई बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टीकापुर – कैलालीको मोहन्याल गाउँपालिका–७ चिसापानीमा पर्ने कर्णाली नदीमा डुंगा पल्टिँदा दुईजना बेपत्ता भएका छन्। दसैंको अवसरमा चिसापानी घुम्न गएका बेला डुंगा पल्टिएको हो।

इलाका प्रहरी कार्यालय चिसापानीले दिएको जानकारी अनुसार डुंगा पल्टिदा कैलालीको जोशीपुर गाउँपालिका–६ का २३ वर्षका पुरुषोतम चौधरी र वडा न २ का २२ वर्षका समीर बडेला कर्णाली नदीमा बेपत्ता भएका हुन्।

काठको सानो डुंगामा पाँचजना चढेपछी डुंगा पल्टिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र केसीले जानकारी दिए। सोमबार साँझ साढे पाँच बजे पल्टिएको डुंगाबाट तीनजनाको स्थानीय र प्रहरीले उद्दार गरेको छ। बेपत्ताको खोजी भैरहेको प्रहरीले जनाएको छ। बेपत्ता चौधरी शिक्षक हुन्। आजको अन्नपूर्णपोष्टमा छ ।