कर्णालीका मुख्यमन्त्री शर्मा आज विश्वासको मत लिँदै

कर्णालीका मुख्यमन्त्री शर्मा आज विश्वासको मत लिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने भएका छन्। शुक्रबार दिउँसो बस्ने बस्ने प्रदेशसभाको बैठकमा उनले आफ्नो सरकारलाई विश्वासको मत दिइयोस् भन्ने प्रस्ताव राख्ने छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार प्रदेश सभालाई विश्वासको मत लिने सूचना पेश गरेको थियो। गत पुस २७ गते नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दल नेता शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएअनुसार उनले शुक्रबार विश्वासको मत लिन लागेका हुन् ।

उनलाई सत्ता साझेदार दलहरू नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले पनि समर्थन गरेका थिए।