कर्णाली प्रदेशः कांग्रेसले लगायो मन्त्रीको टुंगो

कर्णाली प्रदेशः कांग्रेसले लगायो मन्त्रीको टुंगो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । मंगलबार कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुनका लागि मन्त्रीहरूको नाम मुख्यमन्त्री राजकुमार शर्मालाई बुझाएको हो ।

जाजरकोट प्रदेशसभा (ख) निर्वाचित बेदराज सिंह, सुर्खेत १ (क) बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल र दैलेख-१ (क) बाट निर्वाचित सांसद कृष्ण बिसी मन्त्रीका लागि सिफारिस भएका छन् ।

सिंह आर्थिक मामिला तथा योजनामन्त्री,पोखरेल सामाजिक विकासमन्त्री र बिसी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुनेछन् ।