कर्णाली प्रदेशमा कांग्रेसबाट सिफारिस तीन मन्त्रीले आज शपथ लिने

कर्णाली प्रदेशमा कांग्रेसबाट सिफारिस तीन मन्त्रीले आज शपथ लिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – नेपाली कांग्रेस औपचारिक रुपमा पहिलो पटक कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । कर्णाली प्रदेशमा मंगलबार सिफारिस गरिएका नेपाली कांग्रेसका तीन मन्त्रीको शपथ आज हुने भएको छ।

केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण कर्णाली सरकारबाट नेकपा एमाले बाहिरिएपछि कांग्रेसले सहभागिता जनाउन लागेको हो । कांग्रेसको सिफारिसमा कर्णाली सरकारमा कृष्ण कुमार बिसी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, खड्ग बहादुर पोखरेल सामाजिक विकास मन्त्रालय र बेदराज सिंह आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्दैछन् ।

 नयाँ जिम्मेवारीका लागि आज तीनै जना मन्त्रीलाई मुख्यमन्त्री राजकुमार शर्माले सपथ ग्रहण गराउँदैछन् ।