काठमाडौँ – शनिबार गरिएको पीसीआर परीक्षणमा कालिकोटका १९ जनामा कोरोना पोजिटिभ देखिएको छ । यससँगै कर्णालीमा कुल संक्रमितको संख्या ७८ पुगेको हाे ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शनिबार गरिएको पीसीआर परीक्षणमा १९ जनामा कोरोना पुष्टि भएको हो । १-१जना दैलेख र बाजुराका रहेका छन् ।
शनिबारसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३ हजार ३ सय ७५ वटा नमुना पीसी परिक्षण गरिएको छ । दैलेखमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि प्रतिष्ठानबाट विशेषज्ञ चिकित्सकसहित ५ स्वास्थ्यकर्मीको टोली आइतबार बिहान जाने तयारी भइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जनाएकाे छ ।
शनिबार मात्र यसअघि १९४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । शनिबार साँझ थपिएका १९ जनासहित नेपालमा कोरोना संक्रमतिको संख्या १४२५ पुगेकाे छ । त्यस्तै बाजुरा जिल्लाका एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । उनी जगन्नाथ–५ का ४० वर्षिय पुरुष हुन् ।




प्रतिक्रिया