काठमाण्डु – कर्णाली डेभलपमेन्ट बैंकको झण्डै साढे रुपैयाँ घोटालामा संलग्न १११ विरुद्ध बुधबार उच्च अदालत नेपालगन्जमा बुधबार मुद्दा दर्ता हुँदै छ ।
बैंकको २ अर्ब ५९ करोड रुपैयाँभन्दा धेरै घोटाला प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय बाँकेले उच्च अदालतमा १११ जनाविरुद्ध करिब सवा तीन अर्ब रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दर्ता गर्न लागेको हो । कार्यालयले उच्च अदालतमा बैंकिङ कसुर सजाय ऐन, ०८१ अनुसार ३ अर्ब २० करोड ११ लाख बिगो दाबीसहित मुद्दा दर्ता गर्न लागेको हो ।
वकिलको कार्यालयका सूचना अधिकारी सहायक न्यायाधिवक्ता गोविन्दबहादुर शाहीका अनुसार कर्णाली विकास बैंकको घोटालासँग सम्बन्धित मुद्दा बुधबार उच्च अदालतमा दर्ता गरिनेछ ।
यस प्रकरण्मा हालसम्म ४ जना पक्राउ परेका छन् भने बाँकी फरार छन् । सिआइबीले राजेन्द्रवीर राय. वेदप्रकाशसिंह ठकुरी, पशुपतिदयाल मिश्र र भुवन बस्नेतलाई पक्राउ गरेको छ । राय र मिश्र बैंकका पूर्वअध्यक्ष हुन् भने ठकुरी बैंकका लेखाप्रमुख हुन् । बस्नेत नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक हुन् ।
बैंक घोटालाको उजुरीपछि सिआइबीले गत १६ जेठदेखि अनुसन्धान गरेको थियो । सिआइबीले तयार पारेको अनुसन्धान प्रतिवेदनअनुसार अभियुक्तमध्ये ८ बैंकका पदाधिकारी, २२ कर्मचारी र बाँकी ७८ अन्य व्यक्ति छन् ।
राष्ट्र बैंकले गत ११ पुसमा बैंकलाई संकटग्रस्त घोषणा गरेको थियो । बैंकको कुल निक्षेप संकलन ४ अर्ब ९० करोड देखिएको छ । बैंकको स्थापना २०७० मा भएको थियो ।




प्रतिक्रिया