कर्णाली सरकारलाई एमालेले दिएको समर्थन यथावत छः माधव समूह

कर्णाली सरकारलाई एमालेले दिएको समर्थन यथावत छः माधव समूह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको माधव कुमार नेपाल समूहले कर्णाली प्रदेश सरकारलाई एमालेले दिएको समर्थन कायमै रहेको स्पष्ट पारेको छ ।

बुधबार वीरेन्द्रनगरमा बसेको संस्थापक ओली समूहको संसदीय दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेपछि माधव समूहका नेता प्रकाश ज्वालाले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहेको बताएका हुन् ।

ओली समूहको बैठकलाई माधव समूहले ‘गुटगत बैठक’ भनेको छ । ‘आज नेकपा एमाले प्रदेश सभा दलको नाममा गरिएको भनिएको गुटगत बैठकप्रति हाम्रो ध्यानाकर्षण भएको छ । औपचारिक सूचना नदिएर बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयप्रति हाम्रो असहमति छ,’ ज्वालाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो नेकपा एमाले प्रदेश सभा दलको आधिकारिक निर्णय नभएको जानकारी गराउँदछौं । कर्णाली प्रदेश सरकारप्रति नेकपा एमाले प्रदेश सभा दलको समर्थन कायमै रहेको समेत अवगत गराउँदछौं ।’

४० जना प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेश सभामा एमालेका सभामुखसहित २० जना, माओवादी केन्द्र १३ जना, नेपाली कांग्रेस ६ जना र राप्रपा नेपालका १ जना सदस्य छन् ।