माथिल्लो कर्णालीमा भएको बम विस्फोटको जिम्मा विप्लव समूहले लियो

माथिल्लो कर्णालीमा भएको बम विस्फोटको जिम्मा विप्लव समूहले लियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव समूहले जनताको हित र चहानाविपरीत भारतीय कम्पनीलाई जलविद्युत आयोजाको काम सुम्पेको भन्दै आफ्नो पार्टीले माथिल्लो कर्णाली जलविद्युत आयोजनामा बम विष्फोट गराएको बताएको छ ।

प्रतिबन्धित नेकपाको सेती महाकाली ब्युरोले आइतबार एक विज्ञप्ति जारी गर्दै जनताको हित र चहानाविपरीत भारतीय कम्पनीलाई जलविद्युत आयोजाको काम सुम्पेको र विप्लवले बारम्बार नेपालले नै सो आयोजना बनाउनुपर्ने बताउँदै आए पनि सरकारले त्यसको बेवास्था गर्दै भारतीय कम्पनीलाई काम सुम्पेको आरोप विज्ञप्तिमा लागइएको छ ।

‘परियोजनाको माथिल्लो र तल्लो तटको पुरै क्षेत्रमा जीएमआर कम्पनीको अनुमति बेगर कसैले पनि बिद्युत उत्पादन तथा कुनै आयोजना सञ्चालन गर्न नपाईने जस्ता राष्ट्रघाती सम्झौता गरिएको हुनाले सुरुवातदेखि नै हामीले विरोध गर्दै आएका थियौ’, सेती महाकाली ब्युरो इन्चार्ज निर्माणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पावरहाउसको तल्लो तटमा पर्ने बाँके र बर्दीयालगायतका जिल्लाहरुमा हिँउदमा सुख्खा हुने र वर्षायाममा बाढी पहिरोले गम्भीर क्षति पुर्याउने र पर्यावरणमा नकारात्मक परिणाम निम्त्याउने निश्चित हुँदाहुँदै सरकारले सोही कम्पनीलाई परियोजना सुम्पिएर राष्ट्घाती कदम जारी राखेकाले चेतावनी स्वरुप अछामको तुर्माखाद गाउँपालिका ३ भैरवस्थानमा रहेको परियोजनाको सम्पर्क कार्यालयमा शनिबार बिहान हाम्रो पार्टीको नेतृत्वमा जनस्तरबाट उक्त कारबाही गरिएको जानकारी गराउँछौ ।’

अछामको तुर्माखाद गाउँपालिका ३ भैरवस्थानमा रहेको परियोजनाको सम्पर्क कार्यालयमा शनिबार बिहान प्रेसर कुकर बम विष्फोट भएको थियो ।