कर्णालीमा जीप दुर्घटनाको कारणबार अध्ययन गर्न देउवाको माग


काठमाडौं – पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा भएको जिप दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन ।

सभापति देउवाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दैे बेपत्ताहरुको तत्काल खोजी र उद्धारकार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरेका छन् ।

‘पछिल्लो समय सडक दुर्घटना बढ्दै गइएको छ,’ देउवाले विज्ञप्तिमा भनेका छन्, ‘यस्ता दुर्घटना रोक्न तत्काल एक कार्यदल गठन गरी घटनाको गहिरो अध्ययन गरेर यस्ता घटनालाई नियन्त्रण गर्न सरकारको ध्यानार्कषण गराउँछु ।’

कर्णाली नदीमा जिप खस्दा १० यात्रु बेपत्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement