कर्णाली नदीमा जीप खस्यो, खोजीका लागि चार वटा हेलिकप्टरमा सेना परिचालन

कर्णाली नदीमा जीप खस्यो, खोजीका लागि चार वटा हेलिकप्टरमा सेना परिचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला – कर्णाली नदीमा  यात्रुवाहक  जीप दुर्घटना भएकाे छ । खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा पर्ने बेणुबिसौना भन्ने ठाउँबाट कैलेबालु जाँदै गरेको जीप खार्पुनाथ गाउँपालिकास्थित यांचुमा मंगलबार अपरान्ह १ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परेको जीप कर्णाली नदीमा बेपत्ता भएको छ । जीपको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

जीप खस्दा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शिन्दु हमाल शाही सहित १६ जना वेपता भएको याक्चु प्रहरीलाई उदृत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिए । गाडीमा कति यात्रु सवार थिए भन्ने एकिन हुन सकेको छैन ।

स्थानीयका अनुसार जीपमा १६ यात्रु सवार थिए । यस्तै वेपत्ता जीपको खोजीका लागि चार वटा हेलिकप्टरमा सेना राखेर परिचालन गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।