काठमाण्डु- कर्णाली प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री नियुक्त भएका छन् । सोमबार मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई नियुक्त गरेका हुन् । नव नियुक्त मन्त्री शाह र कामीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।
माओवादीले आफ्ना सरकारमा सहभागी दुई मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जल, स्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको थियो । यो सँगै पाँच वर्षमा प्रदेश सरकारमा रहेका माओवादीका सबै ११ सदस्य मन्त्री भएका छन् ।
माओवादीका एक नेताले पालो पुर्याउन मन्त्री हेरफेर गरिएको बताए । कर्णाली प्रदेश सरकार गठनको पाँच वर्ष पुग्नै लाग्दा माओवादी केन्द्रका सबै सांसद मन्त्री बनेका छन् ।




प्रतिक्रिया