माओवादीले कर्णालीका दुई मन्त्रीलाई फिर्ता बोलायो, यी हुन नयाँ बन्ने मन्त्री

माओवादीले कर्णालीका दुई मन्त्रीलाई फिर्ता बोलायो, यी हुन नयाँ बन्ने मन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । माओवादीले मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकारमा रहेका तीनमध्ये दुई जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

फिर्ता बोलाइएका मन्त्रीहरुमा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री गणेशप्रसाद सिंह रहेका छन् । अब उनीहरुको ठाउँमा जाजरकोटका कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई मन्त्री बनाउने तयारी रहेको स्रोतले जानकारी दियो ।

माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले समावेशी सिद्धान्तअनुसार मन्त्रिमण्डल नहुँदा आलोचना भएकाले उनीहरुलाई फिर्ता बोलाइएको जानकारी दिइन् । कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका ११ जना सांसद छन् ।

तिमध्ये नौ जना सांसद सरकारमा सहभागी भइसकेका छन्। बाँकी दुई जनालाई पनि सरकारमा सहभागी गराउनका लागि माओवादी केन्द्रले सात महिनाअघि नियुक्त गरिएका सिंह र विष्टलाई सरकारबाट फिर्ता बोलाएको बताइएको छ ।