काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेता विन्दमान विष्ट कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका छन् ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री विष्टले आजै साँझ साढे सात बजे शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
मन्त्रालयको भागबन्डा नटुंग्याएसम्म विश्वासको मत नदिने समाजवादी र माओवादीको अडानपछि मुख्यमन्त्री शाहीले माओवादीबाट विष्टलाई मन्त्री नियुक्त गरेका हुन्।
कांग्रेस नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट सरकारमा सहभागी हुनेमा विष्ट पहिलो मन्त्री हुन् । मुख्यमन्त्री शाहीले यसअघि एकीकृत समाजवादी संसदीय दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका छन् ।




प्रतिक्रिया