कर्णालीका तीन मन्त्रीको राजीनामा स्वीकृत, रिक्त मन्त्रालयको जिम्मवारी तोकियो

कर्णालीका तीन मन्त्रीको राजीनामा स्वीकृत, रिक्त मन्त्रालयको जिम्मवारी तोकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार बुझाएको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको राजीनामा आज स्वीकृत गरेका हुन् । त्यस्तै उनले रिक्त रहेको मन्त्रालयको जिम्मवारी हाल कायमै रहेका मन्त्रीहरुलाई थप जिम्मवारी दिएका छन् ।

जसअनुसार आर्थिक मामिला तथा योजना र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी तथा भौतिक पूर्वाधार विकास मन्त्री र सामाजिक विकास मन्त्रीको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।