फ्लोर क्रस गर्ने कर्णालीका ३ सांसद एमालेबाट निष्कासित, प्रकाश ज्वालालाई केन्द्रको जिम्मा लगाइयाे

फ्लोर क्रस गर्ने कर्णालीका ३ सांसद एमालेबाट निष्कासित, प्रकाश ज्वालालाई केन्द्रको जिम्मा लगाइयाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले माओवादी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई पार्टीबाट निष्कासित गरेको छ ।

नेकपा एमाले कर्णाली प्रदेश कमिटीको आज बसेको वैठकले पार्टीका सांसदहरु नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको हो ।

पार्टीको ह्वीप उल्लंघन गरी जघन्य अपराधपूर्ण काम गरेको ठहरसहित उनीहरुलाई निष्कासन गरिएको प्रदेश अध्यक्ष गोरख बहादुर  वोगटीले जानकारी दिए । अर्का सांसद प्रकाश ज्वालालाई पनि निश्कासन गर्न केन्द्रलाई पत्र पठाउने वैठकले निर्णय गरेको छ ।

प्रदेश कमिटी अध्यक्ष बोगटीले जारी गरेको विज्ञप्तिमा संसदीय दलले गरेको निर्णयलाई समेत आधार बनाइ उनीहरुमाथि कारवाही गरिएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निजहरुलाई २०७८ बैशाख ३ गतेदेखि लागु हुनेगरी पार्टी सदस्यसहित पार्टी कमिटीका सबै जिम्मेवारीबाट निस्काशन गरिएको र नेकपा एमाले राष्ट्रिय महाधिबेशन आयोजक कमिटी सदस्य प्रकाश ज्वालालाई पार्टी सदस्यसमेत नरहने गरी निस्काशित गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको छ ।’